SAAF

महासंघको इतिहास

नेपाल, भारत, बंगलादेश लगायतका विभिन्न राष्ट्रहरूका ज्योतिर्विद तथा सम्बन्धित विधाका विद्वानहरूको सहभागितामा वि.सं.२०५२ चैत्र २८, २९ र ३० गते काठमाडौंमा सम्पन्न प्रथम दक्षिण एशियाली ज्योतिष सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गर्दै दक्षिण एशियाली ज्योतिष महासंघको स्थापनाको निर्णय गरे अनुरुप विधिवत रुपमा तदर्थ समिति गठन भई आवश्यक प्रक्रिया पुरागरी वि.सं. २०६० मा नेपाल सरकार, गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको थियो। २०५२ सालमा सम्पन्न सो प्रथम सम्मेलनले दक्षिण एशियाली राष्ट्र का ज्योतिष हरूको महासंघ स्थापना गर्न सिद्धान्त स्वीकृत गर्ने, महासंघको स्थापना सम्बन्धी प्रक्रिया पूर्ण, विधान बनाउन र यसक्षेत्रका विभिन्न राष्ट्रका ज्योतिषीहरूसँग सम्पर्क गर्न यस सम्मेलनमा सहभागी राष्ट्र का ज्योतिषीहरू समेत रहेको एउटा तदर्थ समिति गठन गर्ने, दक्षिण एशियाली ज्योतिष महासंघ तदर्थ समितिले महासंघ स्थापनाको लागि आवश्यक प्रारुप तयार गर्ने जस्ता निर्णयहरूलाई जारी गरेको देखिन्छ। यो महासंघ स्थापनाको लागि योगदान पुयाउनु हुने महानुभावहरूको संक्षिप्त परिचय महासंघलाई उपलब्ध भएसम्म यसप्रकार छ ।

स्व. प्रा.डा. मड्लराज जोशी

स्व.प्रा.डा.मङ्गलराज जोशीको वि.सं.१९७७ पौष २८ गते भएको थियो। जोशीले यस महासंघ स्थापनाको लागि वि.सं.२०५२ को तदर्थ समिति का सल्लाहकार को भूमिकामा रहनु भई महासंघ स्थापनाको लागि विशेष भूमिका निभाउनु भएको थियो। उहाँ सिद्धान्तज्योतिष शास्त्री आचार्य हुनुहुन्थ्यो भने त्रिभुवन विश्वविद्यालय का प्राध्यापक हुनुहुन्थ्यो । उहाँ लामो समयसम्म नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष समेत रहनु भएको थियो । उहाँको स्वर्गाहोरण वि.सं.२०६१ फाल्गुण १९ गते भएको थियो। 

डा. केशवराम जोशी

स्व.पा.डा. केशवराम जोशीको जन्म वि.सं. १९९६

आषाढ १९ गते भएको थियो।उहाँले प्रथम दक्षिण एशियाली ज्योतिष सम्मेलन २०५२ को संयोजकत्व गर्नु भएको थियो। महासंघ स्थापनाको लागि सोही सालमा बनेको तदर्थ समिति सल्लाहकार को भूमिकामा रहनुभई योगदान पुर्याउनु भएको थियो । जोशीले सिद्धान्त ज्योतिष आचार्य गर्नुभएको थियो भने मस्को युनिभर्सिटी रुसबाट भौतिक गणित विषयमा विद्यावारिधि अध्ययन पूरा गरी नेपालमा नापी विभाग की वेधशाला देखी उच्चस्तरीय विज्ञान/ज्योतिष र खगोल सम्बन्धी कार्यक्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सम्मानित आमन्त्रीत प्राध्यापक का रुपमा समेत काम गर्नु भएको थियो। चण्डोल काठमाडौंमा बसोबास गरी आफ्नो जीवन ज्योर्तिगणितमा व्यतित गर्नुभएका जोशीको निधन वि.सं. २०६६ वैशाख १० गते भएको थियो।

सहप्रा. श्रीकृष्ण अधिकारी

सहप्राध्यापक श्रीकृष्ण अधिकारी नेपाल संस्कृत विश्वविद्यालय का सिद्धान्त ज्योतिष का सहप्राध्यापक हुनुहुन्छ । अधिकारी महासंघ स्थापनाको लागि बनेको २०५२ सालको तदर्थ समितिका सल्लाहकार हुनुहुन्छ।

कमल राज भण्डारी

विक्रम सम्वत १९९२ वैशाख १० गते धौलागिरी अञ्चल पर्वत जिल्ला हुवास गा.वि.स. वडा नं. ७ पैंयू थुम्कीमा पिता स्व. गुरुप्रसाद भण्डारी तथा माता स्व. रञ्जतादेवी भण्डारीका कान्छा सुपुत्रका रूपमा जन्मनु भएका र हाल भरतपुर नगरपालिका -७ कृष्णपुर चितवनमा श्रीसिद्धेश्वर पशुपतिनाथ मन्दिर तथा आयुर्वेद एवं ज्योतिष आश्रम सञ्चालनका साथमा साधना जीवन यापन गरीरहनुभएका श्री कमलराज भण्डारी (कमलानन्द सरस्वती) यस दक्षिण एशियाली ज्योतिष महासंघ स्थापनाको पहिलो तदर्ससमिति २०५२ का सल्लाहकार हुनुहुन्थ्यो। फलित ज्योतिष एवं आयुर्वेद के प्रसिद्धि कमाउनु भएका त्रिकालदर्शी भण्डारी भारत को संपूर्णानंद विश्वविद्यालय में भएको अन्तराष्ट्रिय ज्योतिष महासम्मेलनद्वारा त्रिकालदर्शी र नेपाल आयुर्वेद संस्थाद्वारा ‘आयुर्वेदऋषि’को उपाधि से विभूषित हुनुहुन्छ ।

ज्योतिषाचार्य डा. खिलानाथ वस्ताकोटी

वि २०१६ माघ २५ गीत गोरखामा जन्मनु भएका ज्योतिषाचार्य डॉ. खिलानाथ बस्ताकोटी महासंघ स्थापना लागि बनेको २०५२ सालको तदर्थ समिति का सल्लाहकार की भूमिका निर्मा गर्नुभएको थियो । उहाँ एशियन एस्ट्रोलॉजी कांग्रेस पूर्व अध्यक्ष पनि हुनुहुन्छ । हाल उहाँ निजामति सेवा अन्तर्गत वाणिज्यविभागका निर्देशक हुनुहुन्छ।

ज्यो.पं.तिलकराज पौडेल

वि.सं. २०१० फाल्गुण १३ धनकुट्टामा जन्मनुभएका ज्यो.पं.तीलकराज पौडेल महासंघका संस्थापक वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ भने महासंघ स्थापनार्थ २०५२ सालमा गठित तदर्थ समिति सलाहकार की भूमिका निभाउनु भएका पौडेलले महासंघमा आवद्ध राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिलाई नेतृत्व गरिरहनु भएको छ । 

यादवकान्त सिलवाल

पिता स्व. तेजकान्त सिलवाल तथा माता स्व.रेनुकादेवी सिलवालका सुपुत्रका रूपमा वि.सं. १९९२ माघ ११ गते काठमाडौंमा जन्मनुभएका श्री यादवकान्त सिलवालले यस महासंघ स्थापनार्थ २०५२ सालमा बनेको तदर्थ समिति के सलाहकार की भूमिका निर्वाह गर्नु भएको थियो । श्री सिलवाल दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का पूर्व महासचिव हुनुहुन्छ।

डा. श्यामकान्त सिलवाल

पिता स्व. नेत्रकान्त सिलवाल तथा माता स्व. प्रेम कुमारी सिलवाला पुत्र का रूपमा ई.सं. १९४५ मे ७ मा काठमाडौंमा जन्मनुभएका डा.प्रो. श्यामकान्त शिलवालले महासंघ स्थापनार्थ २०५२ सालमा बनेको तदर्थ समिति का सल्लाहकार को भूमिका निभाउनु भएको थियो । द, सिलवाल त्रिभुवन विश्वविद्यालय का कानुन अध्ययन संस्थानमा डीन समेत रहेर काम गरीसक्नु भएको छ। महेन्द्र संस्कृत विश्वविद्यालय

नेपालमा संस्कृत शिक्षाको जिम्मेवारी बोकेको तत्कालिन महेन्द्र संस्कृत विश्वविद्यालय (हाल नेपाल संस्कृत विश्वविद्यालय)ले समेत महासंघ स्थापनार्थ बनेको तदर्थ समितिमा एक जना प्रतिनिधि खटाई सल्लाहकार का योगदान पाएको थियो ।

ज्यो.पं. धर्मराज रेग्मी

तत्कालिन विलासपुर -४ मूर्ति ब्रह्मस्थान, दैलेखमा वि.सं.१९९१ कार्तिक २५ गते पिता स्व. विष्णु प्रसाद रेग्मी तथा माता स्व. धुवदेवी रेग्मीको जेष्ठपुत्रको रुममा जन्मनु भएका ज्योतिषी विद्वान ज्यो. धर्मराज रेग्मी महासंघ स्थापनार्थ २०५२ सालमा बनेको तदर्थ समितिका संयोजक रहनु भएको थियो भने महासंघ स्थापना पछि पनि एक कार्यकालको अध्यक्षता गर्नु भएको थियो । हालपनि ज्योतिष क्षेत्र में क्रियाशिल रेग्मी पञ्चाङ्ग कर्ता समेत हुनुहुन्छ।

दयान गुलाम सरबार

दयान गुलाम सरबार महासंघ स्थापनार्थ २०५२ सालमा गठित तदर्थ समितिका सदस्य तथा बंगलादेशका प्रतिनिधि हुनुहुन्थ्यो।

नरेन्द्रकुमार भैया

नरेन्द्र भैया महासंघ स्थापनार्थ २०५२ सालमा । गठित तदर्थ समितिका सदस्य तथा भारत का प्रतिनिधि हुनुहुन्थ्यो। पी.एम. पडिया पी एम. पडिया महासंघ स्थापनार्थ २०५२ सालमा गठित तदर्थ समितिका सदस्य तथा भारत का प्रतिनिधि हुनुहुन्थ्यो ।

 प्रभुभक्त जोशी

महासंघ स्थापनार्थ २०५२ सालमा गठित तदर्थ समितिका सदस्य तथा नेपालका प्रतिनिधि हुनुहुन्थ्यो । जोशी अधिवक्ता समेत हुनुहुन्छ ।

ज्यो. डा. बलराम उपाध्याय रेग्मी

वि.सं.२०१४ फाल्गुण १६ मे पर्वत को खुर्कोट जन्मनु भएका ज्यो. बलराम उपाध्याय रेग्मी महासंघ स्थापनार्थ २०५२ सालमा गठित तदर्थ समितिका सदस्य तथा नेपालका प्रतिनिधि हुनुहुन्थ्यो । ज्योतिष एवं भविष्यवाणीसँग सम्बद्ध मासिक तथा साप्ताहिक पत्रिकाका सम्पादक, पोखरा ज्योतिष महाविद्यालय के प्राचार्य र नेपाल ज्योतिष पत्रकार संघ राष्ट्रिय समितिका अध्यक्ष समेत रहनुभएका रेग्मी ज्योतिष शिक्षा को प्रचार प्रसार र प्रशिक्षण समेत विगत केही वर्ष देखि नेपालमा सक्रिय हुनुहुन्छ । 

शिवराज अधिकारी

शिवराज अधिकारी महासंघ स्थापनार्थ २०५२ सालमा गठित तदर्थ समितिका सदस्य तथा नेपालका प्रतिनिधि हुनुहुन्थ्यो । अधिकारी अधिवक्ता समेत हुनुहुन्छ।

वि स २०५२ सम्पन्न भएको प्रथम दक्षिण एशिया ज्योतिष सम्मेलनले ९ बुँदे काठमाडौं घोषणापत्र जारी गरी दक्षिण एशियाली ज्योतिष महासघ स्थापना गर्ने निर्णय गरे मुताविक महासंघले केही लामो समय गर्भमा रही वि.स. २०६० सालमा जन्म लिएको देखिन्छ । नेपालको मात्र नभएर दक्षिण एशिया भित्रकै मामला रहेकाले र ज्योतिषीहरूमा संस्थागतरुपमा अघि बढ्ने यस भन्दा अधिको खासै अनुभव पनि कम रहेको तथा सम्बन्धित राष्ट्रहरूको सम्बन्धित निकाय संग में संस्कृति आदि लिन पर्ने स्थानमा लिनुपर्ने जस्ता कार्यहरूले गर्दा केही वर्षको समय तयारी गर्न लागेको देखिन्छ ।

२०६० सालमा सम्पन्न द्वितीय महासम्मेलनले पनि ७ बुंदे काठमाडौं घोषणापत्र जारी गरेको थियो । त्यसमा दक्षिण एशियाली ज्योतिष महासंघको विधिवत स्थापना गर्ने, सो महासंघमा दक्षिण एशिया के सबै राष्ट्रहरूबाट एक एक जना उपाध्यक्ष राख्ने, सोही उपाध्यक्षनै सम्बन्धित राष्ट्रको राष्ट्रिय समितिको अध्यक्ष रहने व्यवस्था गर्ने अर्थात राष्ट्रिय अध्यक्ष केन्द्रीय समितिको पदेन उपाध्यक्ष रहने, नेपालमा नेपाल सरकारबाट स्वीकृत प्राप्त भईसकेको दक्षिण एशियाई ज्योतिष महासंघको विधानलाई नै दक्षिण एशिया ज्योतिष महासंघको विधानका रुपमा स्वीकृत गर्ने, सो महासंघको अध्यक्षमा यस कार्यक्रम को लागि नेपालका ज्यो. पं. धर्मराज रेग्मीलाई चयन गर्ने भन्ने जस्ता निर्णयहरू जारी भएका थिए । 

महासंघको स्थापना

उपरोक्त प्रक्रियाहरू हुँदै नेपाल, भारत बंगलादेश र श्रीलंका लगायतका दक्षिण एशिया का मुलुकको समर्थनमा वि.सं.२०६० वैशाख ५ गते ज्यो. पं. धर्मराज रेग्मीको अध्यक्षतामा नेपाल सरकार ( तत्कालिन श्री ५ को सरकार) गृहमन्त्रालय, काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विधिवत महासंघ दर्ता भयो। महासंघ दर्ता भएपछि पनि बाँकी दक्षिण एशियाली मुलुक तथा सम्बन्धित संघसंस्थाहरूबाट समर्थन र आवद्धता जनाउने काम भई नै रहेको छ। 

महासंघ स्थापना गर्दाका संस्थापकहरूमा 

१. अध्यक्ष : ज्यो.पं. धर्मराज रेग्मी, दैलेख । महासंघ स्थापनाको लागि राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपाल बाट प्रतिनिधित्व गर्नु भएका रेग्मीको परिचय माथि पनि उल्लेख भइसकेको छ। 

२. सदस्यहरूमा :

क) ज्यो. पं. देवीप्रसाद खनाल। स्व जनकलाल खनालका पुत्र का रुपमा वि.सं.२००८ श्रावण १५ गते संखुवासभा जिल्लाको चैनपुर चित्लाङ्गमा जन्मनुभएका ज्यो. खनाल सनातन धर्म संस्कार चाडपर्व संरक्षण समिति नेपालका तर्फबाट महासंघको स्थापनाको लागि प्रतिनिधित्व गर्नुभएको थियो । खनाल हालपनि सोही संस्थाको अध्यक्ष हुनुहुन्छ ।

 

ख) ज्यो. पं. पुण्यप्रसाद अधिकारी, झापा। अधिकारी फलित ज्योतिष की प्रसिद्धि कमाउनु भएका ज्योतिषी हुनुहुन्छ । महासंघ स्थापनाको लागि अधिकारीले नेपाल फलित ज्योतिष अनुसन्धान परिषदको तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो।

 

ग) स्व. ज्यो. पं. मायाराम शर्मा, जुम्ला । स्व.ज्यो. शर्मा महासंघ स्थापनाको लागि ज्योतिष परामर्श परिषद्को तर्फबाट प्रतिनिधित्व गर्नु भएको थियो। 

घ) ज्यो. राजकुमार सुवेदी, धादिङ । ज्यो. सुवेदीले राष्ट्रिय ज्योतिष अध्ययन एवं अनुसन्धान परिषद् नेपालका तर्फबाट महासंघ स्थापनाको लागि प्रतिनिधित्व गर्नुभएको थियो। 

ङ) ज्यो. पं. पुण्यप्रसाद दङ्गाल, सिन्धुपाल्चोक। ज्यो. दङगालले महासंघ स्थापनाको लागि वैदिक धर्म संरक्षण समितिको तर्फबाट प्रतिनिधित्व गर्नु भएको थियो । दङगाल संस्कृत भाषा, ज्योतिष, योग लगायत पूर्वीयदर्शनका विधाहरूको संरक्षण र प्रचार प्रसार गर्नुपर्छ भन्ने मान्यताले सोको लागि क्रियाशिल व्यक्तित्व हुनुहुन्छ।

 

च) स्व ज्यो कृष्ण बहादुर राजभण्डारी, ललितपुर।

 

छ ज्यो. डा लोकराज पौडेल, झापा। पिता स्व ज्यो चित्रकार पौडेल तथा माता स्व वसन्तकुमारी पौडेलका सुपुत्रका रूपमा वि.स. २०१४ कार्तिक २२ गते धनकुट्टी जन्मनु भएका ज्यो. पौडेलले यस महासंघको स्थापनाको लागि नेपाल ज्योतिष परिषद्बाट प्रतिनिधित्व गर्नु भएको थियो। नेपाल ज्योतिष परिषदका अध्यक्ष तथा पूर्वीय दर्शन विद्यापीठका प्राचार्य समेत रहनु भएका पौडेल आकाश दर्शन पञ्चाङ्ग का गणित तथा ज्योतिष की संगठन के क्षेत्र में कुशल नेतृत्वकर्ता समेत हुनुहुन्छ ।

 

ज) ज्या. जगत बहादुर बुढा मगर, बागलुङ । पिता मान बहादुर बुढा मगर तथा माता पूर्णकुमारी बुढामगरका सुपुत्रका रुपमा वि.सं. २०२० वैशाख ३१ मा बाग्लुङ्गमा जन्मनु भएका ज्यो. बुढा मगर महासंघ स्थापनाको लागि सदस्यमा रहनुभएको थियो । उहाँ हस्तरेखाविद् हुनुहुन्छ ।

 

महासंघ स्थापना गर्दाका संस्थापक सस्थाहरु 

क) राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपाल, बत्तीस पुतली, काठमाडौं,

 

ख) नेपाल ज्योतिष परिषद्, डिल्लीबजार, काठमाडौं, ग) नेपाल फलित ज्योतिष अनुसन्धान परिषद्, डिल्लीबजार, काठमाडौं,

 

घ) ज्योतिष परामर्श परिषद्, मैतिदेवी, काठमाडौं, सनातन धर्म संस्कार चाडपर्व संरक्षण समिति नेपाल, वक्त पुतली, काठमाडौं, ड)

 

च) वैदिक धर्म संरक्षण समिति, सिन्धुपाल्चोक, छ) राष्ट्रिय ज्योतिष अध्ययन एवं अनुसन्धान परिषद्

 

नेपाल, गौरीघाट, काठमाडौं । महासंघ स्थापना पछि –

 

महासंघ स्थापना पश्चात महासंघको केन्द्रीय कार्यालय काठमाडौं, गौशाला भण्डारखाल स्थापना भयो । सम्बन्धित मलकहरू सग सम्बन्ध विस्तार गर्ने, ज्योतिष सम्बन्ध विभिन्न उपस्थिति हरु गठन गर्ने लगायतका कार्यहरूलाई महासघने संस्थागतरुपमा सञ्चालन गर्न थाल्यो। वि स २०६३ साल भाद्र १३, १४ स १५ गते महासंघले आफ्नै आयोजनामा तृतीय दक्षिण एशियाली ज्योतिष महासम्मेलन सम्पन्न गर्न भने सोही सालको कार्तिक ११ गते महासंघको प्रथम महाधिवेशन सम्पन्न गयो । सोही महाधिवेशनबाट निर्वाचित कार्यसमितिले वर्तमानमा काम गरिरहेको छ। 

महासंघको गतिविधि हरु.

 

२०६३ सालको महाधिवेशन पछि महासंघले वैशाख ५ गतेका दिनलाई वार्षिकोत्सवको रुपमा विविध कार्यक्रम गरी मनाइँदै आएको छ । यही वि सं. २०६६ वैशाख ५ गते पनि काठमाडौं कमलपोखरी अग्रवाल भवन नेपाल विज्ञान प्रविधि प्रजा प्रतिष्ठानका उपकुलपति डा. हो मनाय भट्टराई ज्यूको प्रमुख आतिथ्य तथा नेपाल संस्कृत विश्वविद्यालय का उपकुलपति प्रा. विदुर प्रसाद पौडेल ज्यूको विशिष्ट आतिथ्य का वार्षिकोत्सव भाई सो वार्षिकोत्सवमा महासंघ स्थापनाका लागि योगदान गर्नुहुने डा केशव जोशी (जो सम्मानित भएको केही दिनमै स्वर्गे हुनुभयो), ज्यो. पं. धर्मराज रेग्मी र ज्यो. पं. तीलकराज पौडेललाई सम्मान गरिएको थियो । साये सो सभामा ज्योतिष की वैज्ञानिकता पति अतिथिज्यूहरूबाट प्रकाश पर्ने काम भएको वियो । यस अवसरमा प्रकाशित मन्दाकिनी वर्ष ७ अंक ३। २०६६) मा नेपालमा चाडपर्व सुधारका नाममा चर्चित एघार महिने वर्ष, त्यसका सम्बन्धमा सरकारका तर्फबाट बनेको कार्यदल, त्यस विषयले जन्माएका विभिन्न विषयवस्तुहरू, त्यसका सम्बन्धमा विभिन्न विद्वानहरूको धारणालाई समेटेर सम्बन्धित विद्वानहरूका सैद्धान्तिक, वैचारिक र विषयगत लेखहरू प्रकाशित भएका छन् । यस प्रकारको ले खहरुलाई समेटेर महासंघको मुखपत्र